गुणबहादुर रोका
सुलीकोट, फागुन ६ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्याक सामग्री गोरखा आइपुगेको छ । निर्वाचन आयोगले गोरखाका दुबै क्षेत्रमा चुनाव गराउन पठाएको आवश्याक सामग्री प्राप्त भएको निर्वाचन कार्यालय गोरखका सूचना अधिकारी रविलाल सुबेदीले जानकारी दिनुभयो ।
गोरखा जिल्लामा कुल दुई सय २५ मतदानस्थल र तीन सय ३१ मतदान केन्द्र तोकिएको छ । जसका लागि आवश्याक ११ थरीका सामग्री मङ्गलबार गोरखा आइपुगेको जिल्ला निर्बाचन कार्यालय गोरखाले जनाएको छ ।
जसअन्र्तगत नौ हजार ६३३ थान मतपेटिका सुरक्षा सिल (मतदान केन्द्र), एक हजार ७२० वटा मतपेटिका सुरक्षा सिल (तालिम), एक हजार ३२ वटा स्ट्याम प्याड मसी, एक हजार ३२ वटा नउड्ने मसीको मार्कर आएको छ ।
यसैगरी, दुई हजार ७५२ स्वस्तिक छाप (रबर), एक हजार ३२ स्ट्याम्प प्याड, २८८ स्वास्तिक छाप पित्तल, एक हजार ३२ छेकावारा, एक हजार ३७६ मतपेटिका स्टिकर, २ पोका विभिन्न कानुन संग्रह, एक रंगिन र एक सादा मतदाता नामवाली समेत प्राप्त भएको सूचना अधिकारी सुबेदीको भनाइ छ ।
योसँगै जिल्लामा निर्वाचन आयोगबाट मतपत्र बाहेकका सम्पूर्ण सामग्री गोरखा आइपुगेको छ । जिल्लामै खरीद गर्ने भनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीसँग ३६ वटा सामग्रीका लागि सम्झौता भएको थियो ।
जसअन्र्तगत २१ थरीका सामग्री केहि दिन अघि नै आइसकेको छ, जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले भन्नुभयो, ‘‘अब १५ थरीका सामान आउन बाँकी छ, दुबै क्षेत्रमा कुल २५ जनाको उम्मेदारी परेको छ ।’’
क्षेत्र नम्बर १ मा १ स्वतन्त्रसहित १२ र क्षेत्र नम्बर २ मा दुई स्वतन्त्रसहित १३ जना चुनावी मैदानमा छन् । निर्वाचनका लागि नजिकिदै गर्दा गोरखामा सरोकारावाला निकाय आन्तिरिक तयारीमा देखिएका छन् ।