• १ फागुन २०८२, शुक्रबार

फेवातालमा जाल हान्दा बन्दुक र गोली

blog

फेवातालमा जाल हान्दा अड्किएर आएको हतियार र गोली । तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय कास्की

फडिन्द्र अधिकारी 

लेखनाथ, फागुन १ गते । पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा पर्ने फेवातालमा जाल हान्दा बन्दुक र गोली भेटिएको छ । खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले बिहीबार साँझ हानेको जालमा एसएलआर र त्यसमा लाग्ने गोली अड्किएर आएका थिए ।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरीले मु वा १११ (बट) नम्बर, बडी नं.१३८१० लेखिएको एसएलआर एक थान भेटेको पुष्टि गरेको छ । 

सोही हतियारमा लोड भएको गोली १८ राउन्डसहित जालमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतलले जानकारी दिनुभयो । 

हतियार र गोली सुरक्षा निकायले लिएर अनुसन्धानअघि बढाइएको उहाँले उल्लेख गर्नुभयो।