• २८ माघ २०८२, बुधबार

‘एमाले दुवोजस्तो हो, कसैको डाहले नासिदैन’

blog

झापाको गौरादहका बासिन्दाहरुसँग नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

दमक, माघ २८ गते । झापाको गौरादहका बासिन्दाले नेकपा (एमाले) दुवोजस्तो पार्टी भएकाले कहिल्यै ननासिने बताएका छन् । झापा क्षेत्र नं ५ अन्तर्गत पर्ने गौरादहका मतदाताहरुसँग भेट गर्न पुग्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदाताहरुले एमाले दुवोजस्तै ननासिने र नमासिने पार्टी भएकाले कहिल्यै पनि कसैको डाहले कमजोर नहुने बताएका हुन् । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओली चारआली चोकमा पुग्दा एमालेको जराको रुपमा आम मतदाता रहेकाले ढुक्क हुन ओलीलाई गौरादहबासीले आग्रह गरेका छन् । झापा क्षेत्र नं ५ का लागि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेद्वार रहनुभएका ओली बुधबार गौरादहका विभिन्न टोलमा केन्द्रित हुनुभएको छ । 

बुधबार डिट्ठाचोक, हाँसखोरा, मादलडाँडा, ग्वालडु्‌व्वा, पुरानो ग्वालडुव्वा, बैराती, जामबाडी, ठकठके, जुरोपानीलगायतका बासिन्दालाई अध्यक्ष ओलीले भेट गर्ने कार्यक्रम थियो । चार दिनदेखि अध्यक्ष ओली आफ्‌नो निर्वाचन क्षेत्रका बस्तिमा पुगि रहनुभएको छ ।