रोम, माघ २० गते । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा आएको चक्रवात ह्यारीको कारण करिव एक हजारको मृत्यु हुनुका साथै धेरै आप्रवासी बेपत्ता भएको मेडिटेरेनिया सेभिङ ह्युमन्सले जनाएको छ ।
इटालीस्थित राहत संस्था, “मेडिटेरेनिया सेभिङ ह्युमन्स” ले प्रेस विज्ञप्ती जाररुी गर्दै चक्रवात ह्यारीको समयमा लगभग एक हजार मानिस समुद्रमा हराएर मृत्यु भएको हुन सक्ने बताएको हो । इटाली, माल्टा, लिबिया र ट्युनिसियाको बिचमा अवस्थित मध्य भूमध्य मार्ग हालैका वर्षमा युरोपमा अनियमित आप्रवासन प्रवाहका लागि सबै भन्दा व्यस्त मार्ग मध्ये एक मानिएको छ ।
युरोपेली गैर-सरकारी संस्थाले सामान्यतया उत्तर अफ्रिकाको तटबाट प्रस्थान गरेपछि संकटग्रस्त अवस्थामा परेका आप्रवासीहलाई उद्धार गर्ने गरेको जनाइएको छ । जनवरी १८-२५ को बिचमा, चक्रवात ह्यारीले इटालीको दक्षिणी तट र माल्टा टापुमा ठुलो क्षति पुर्याएको जनाइएको छ । रासस/क्युएनए