• १४ माघ २०८२, बुधबार

मोरङमा इजाजतप्राप्त हातहतियार बुझाउन प्रशासनको कडाइ

blog

खेमराज सापकोटा

रानी समाचारदाता, माघ १४ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै व्यक्तिगत रूपमा इजाजत प्राप्त गरी राखिएका हातहतियार तथा खरखजनाहरू निर्वाचन सम्पन्न भएपछि फिर्ता पाउने गरी मिति माघ १० गतेभित्रै बुझाउन भनिए पनि बुझाउने क्रम अझैं जारी रहेकाले हतियार बुझाउन आग्रह गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा इजाजतप्राप्त हातहतियार अझै नबुझाएका व्यक्तिहरूलाई यथाशीघ्र नजिकको प्रहरी एकाइमा बुझाउन अनुरोध गरिएको छ । अन्यथा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रशासनले निर्वाचन अवधिमा शान्ति सुरक्षालाई मजबुत बनाउन सबै सरोकारवाला नागरिकको सहयोग अपरिहार्य रहेको जनाउँदै सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।