• ६ माघ २०८२, मङ्गलबार

निवर्तमान सभामुख घिमिरेको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ता गर्नु हुँदै निवर्तमान सभामुख देवराज घिमिरे।

विष्णुप्रसाद पोखरेल

दमक, माघ ६ गते। निवर्तमान सभामुख देवराज घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ। नेकपा एमालेको तर्फबाट उहाँले उम्मेदवारी मनोनयन गराउनु भएको हो।

घिमिरेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन गराउनु भएको थियो। उहाँ अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएर सभामुखको जिम्मेवारी सम्हाल्नु भएको थियो।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले लोकतन्त्र सुदृढीकरण, स्थायित्व र विकासका लागि जनताको विश्वास आवश्यक रहेको उल्लेख गर्नु भयो। 

निवर्तमान सभामुख घिमिरेको उम्मेदवारीसँगै झापा–२ को चुनावी प्रतिस्पर्धा थप चर्किने र हेभी वेट उम्मेदवारहरूबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।