शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुधा देव
सप्तरी, माघ ६ गते । प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवले सप्तरी क्षेत्र नम्बर–२ बाट मनोनयन दर्ता गराउनु भएको छ ।
दुई साताअघि उहाँ नेकपा माओवादीबाट जनता समाजवादी पार्टी -जसपा_ नेपालमा प्रवेश गर्नुभएको थियो । उहाँले मंगलबार जसपाबाटै मनोनयन दर्ता गराउनु भएको हो ।
२०७० सालको संविधानसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको उहाँ २०७४ मा जसपा अध्यक्ष उपेन्द्र यादवसँगै चुनाव लड्नु भएको थियो । तत्कालीन नेकपा माओवादी केन्द्रबाट लड्नु भएका उहाँले ११ हजार ५७९ मत प्रााप्त गर्नुभयो थियोे भने उपेन्द्र यादवले २१ हजार ६२० मत प्राप्त गर्नु भएको थियो ।
यस क्षेत्रमा ५६ हजार ४ सय पुरुष, ४९ हजार ५ सय २० महिला र २ जना अन्य गरी कूल १ लाख ५ हजार ९२२ जना मतदाता छन् ।