• ६ माघ २०८२, मङ्गलबार

दाङ क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ताका लागि घोराहीमा राष्ट्रिय जनमोर्चाले निकालेको र्‍याली । तस्बिर : लिलाधर वली

लिलाधर वली 

घोराही, माघ ६ गते । दाङ निर्वाचन क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन आयोगले दिएको समय अनुसार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर राष्ट्रिय जनमोर्चा घोराही नगर कमिटी अध्यक्ष खनालले उम्मेदवारी दर्ता गराउनु भएको हो । 

उम्मेदवार खनालको प्रस्तावकमा हरि खरेल र समर्थकमा मेघराज भट्टराई रहनु भएको छ । उम्मेदवारी दर्ताका लागि बाजागाजासहित उम्मेदवारी दर्ताका निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो।