शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कृष्णबहादुर धामी
दार्चुला, माघ ६ गते । दार्चुलामा पहिलो मनोनयन पत्र दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ ।
यससँगै मङ्गलबार बिहान ११ः३० बजे नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का रमेशकुमार रावलले आफ्नो मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भुवन गिरीले जानकारी दिनुभयो । उहाँ कैलालीको लम्कीचुहा नगरपालिका–५ का स्थानीय हुनुहुन्छ ।