• ६ माघ २०८२, मङ्गलबार

कांग्रेसले १ र नेकपाले २ बजे मनोनयन दर्ता गर्ने

blog

जयकृष्ण यादव 
इनरुवा, माघ ६ गते ।
नेपाली कांग्रेसले मङ्गलबार दिउँसो १ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ बजे मनोनयन गर्दा गर्ने भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस सुनसरीले चारवटै निर्वाचन क्षेत्रमा दिउँसो १ बजे उम्मेदवारको मनोनयन दर्ता गराउने भएको हो ।

पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सुजेन्द्र तामाङ, २ मा राजीव कोइराला, ३ मा वेदनारायण गच्छदार र  मा ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ ।

यसैगरी, नेकपा सुनसरीले पनि यहाँको चारवटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजे मनोनयन दर्ता गर्दैछ ।

पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सूर्य भट्टराई (मनोज), २ मा रामकुमारी चौधरी (रोजिना), ३ मा दुर्गेशकुमार चौधरी र ४ मा महफुज अन्सारीलाई उम्मेदवार बनाएको छ ।