• ४ माघ २०८२, आइतबार

सप्तरीमा एक महिनामा ३५ जना पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ ४ गते ।
सप्तरी प्रहरीले एक महिनाको अवधिमा विभिन्न मुद्दाका ३५ जना आरोपीलाई पक्राउ गरेको छ । प्रहरीमा एक महिना यता दर्ता भएका विभिन्न प्रकृतीका ७३ वटा मुद्दाका आरोपी मध्ये ३५ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको पुस महिनाको प्रगती विवरण अनुसार जिल्लामा घटित विभिन्न अपराधका ७३ मुद्दा दर्ता भएकोमा ३५ जना आरोपी पक्राउ गरिएको जनाएको छ ।

सामान्य मुद्दाका ४४, गम्ीभर २४ र जघन्यका ५ गरी अपराधका कुल ७३ वटा मुद्दा दर्ता भएकोमा त्यस मध्ये ३५ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

यसरी पक्राउ पर्नेमा ठगि, कुटपिट, कर्तव्यज्यान मुद्दाका आरोपि रहेको उहाँले बताउनुभयो । शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा प्रहरी, नागरिकबिचको सहकार्य र सम्बन्धलाई अझ प्रगाढ बनाउन यस अवधीमा नागरिक÷सार्वजनिक सुनुवाई कार्यक्रम, विपद् व्यवस्थापन, समुदायसँग प्रहरी लगायतका विविध कार्यक्रम समेत आयोजना गरिएको मासिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

जिल्लामा शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रणमा प्रहरी र समुदायको सहकार्य आवश्यक रहेकाले सोही अनुसारको गतिविधी अघि बढाइएको प्रहरी उपरिक्षक गौतम कुमार केसीले बताउनुभयो ।

अपराध नियन्त्रणसँगै अहिले आगामी प्रतिनिधिसभा निर्वाचन भयरहित तथा मर्यादित ढङ्गले सम्पन्न गर्न विभिन्न सुरक्षा योजना समेत बढाइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।