• ३ माघ २०८२, शनिबार

छतबाट खसेर वृद्धाको मृत्यु

blog

बाजुरा, माघ ३ गते । बडीमालिका नगरपालिकामा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९, गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । 

शुक्रबार साँझ उहाँ आफ्नै घरको छतबाट खस्नु भएको हो । छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल लगेका थिए । चिकित्सकले उहाँलाई मृत्यु भएको घोषणा गरेका थिए । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । रासस