शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, माघ ३ गते । सर्लाहीको धनकौल गाउँपालिकामा ट्याक्टरकले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । धनकौल गाउँपालिका–५, हरकठवा गोठमा ना ४ त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका उमेश महतोकी १० वर्षीया छोरी गौरीकुमारी महतोको मृत्यु भएको हो ।
शुक्रबार साँझ बाटोमा हिँडिरहेका बेला ट्याक्टरको ठक्करबाट बालिका गम्भीर घाइत भएको र उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
बालिकाको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । दुर्घटनापछि ट्याक्टर इलाका प्रहरी कार्यालय हरकठवा र चालक इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेका सर्लाही प्रहरीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिनुभयो ।