वासुदेव शर्मा
जाजरकोट, माघ ३ गते । भूकम्पले चर्किएर बस्न नमिल्ने जाजरकोट अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कामकाज गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
भूकम्पले क्षतिग्रस्त भवन पुनर्निर्माण नभएपछि सरकारी वकिलको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ । प्रतिनिधि सभाको निर्वाचन हुने भएपछि निर्वाचनसम्बन्धी कामकाज गर्न कार्यालय स्थापना गरिएको छ ।
सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–३ जाजरकोट अदालतमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि निर्वाचनका गतिविधि अघि बढेका छन् । जाजरकोट अदालतका न्यायधिस दुर्गाप्रसाद खनालले कार्यालयको उद्घाटन गर्नुभएको छ ।
मुख्य निर्वाचन कार्यालय उद्घाटनका क्रममा न्यायधिश तथा मुख्य निर्वाचन अधिकृत खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन कार्यक्रम औपचारिक रुपमा सुरु भइसकेको बताउनुभयो । निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न नागरिक समाज, सरोकारवाला निकाय लगाएत सबै पक्षका सहयोगको आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि तोकिएको कार्यतालिका अनुसार अघि बढाउने बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्माका प्रहरी निरीक्षक हरिबहादुर बिक, जिल्ला निर्वाचन कार्यालय प्रमुख रामलाल प्याकुरेल लगाएतको उपस्थिति रहेको थियो ।
जाजरकोट अदालतका न्यायधिश तथा मुख्य निर्वाचन अधिकृत खनालले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभयो । सरकारको निर्देशन अनुसार ७७ वटै जिल्लामा माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको छन् ।