• २ माघ २०८२, शुक्रबार

सङ्खुवासभामा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

blog

ध्यान कुलुङ

सङ्खुवासभा, माघ २ गते । सङ्खुवासभामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाम खाँदबारीस्थित जिल्ला हुलाक कार्यालयको भवनमा शुक्रबार कार्यालय स्थापना गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाहरुको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो । 

तोकिएकै समयमा निर्वाचन हुने माथिल्लो निकायबाट जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले अनुरोध गर्नुभयो । जिल्लामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैले सकारात्मक भूमिका खेल्न उहाँले अनुरोध गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धि सबै कार्यहरु सुरु हुने कोइरालाले जानकारी गराउनुभयो । निर्वाचन आचार संहिताबारे माघ ४ मा सर्वदलीय बैठकको तयारी गरिएको समेत उहाँले जानकारी दिनुभयो ।