• २५ माघ २०८२, आइतबार

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

निर्वाचन अधिकृतको कार्यालय उद्घाटनपछि पदाधिकारी । तस्बिरः सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, पुस २ गते । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ। कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले गर्नुभयो । 

उहाँले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै त्यसका लागि राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी र सर्वसाधारण सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो। निर्वाचन सुरक्षाको समग्र तयारीबारे जानकारी दिँदै जिल्लास्थित राजनीतिक दलसँग आवश्यक छलफल सम्पन्न भइसकेको उल्लेख गर्नुभयो। उहाँले शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

जिल्लाको राजनीतिक दल र मतदाताले पनि निष्पक्ष निर्वाचनको अपेक्षा व्यक्त गरेका छन्।