स्याङ्जा समाचारदाता
स्याङ्जा, माघ २ गते । चीन र भारतसँग सिधा सम्पर्क जोड्ने गण्डकी र लुम्बिनीको सङ्गम नदी कालीगण्डकीमा आधा दर्जन पुल निर्माण गर्ने ठेकेदारले म्याद गुजारेर काम गरिरहेका छन् । दुई देश र दुई प्रदेशसँग प्रत्यक्ष सम्बन्ध राख्ने पुल १४ वर्षसम्म निर्माण ठेकेदारले म्याद गुजारेर काम गरिरहेका हुन् ।
यहाँ पाँच वटा पाल्पा जोड्ने र एउटा गुल्मी जोड्ने पुल म्याद थप्दै काम गरिएको छ । यहाँ पुल सेक्टरले निर्माण गरेका पाँच र पाल्पा सडकले निर्माण गरेको एक पुल म्याद गुजारेर काम गरिएको छ । चापाकोट नगरपालिका–८, दामाचौर;
स्याङ्जा र राममुर–६, लुम्बिनी प्रदेश हुँदै भारतीय सीमा सुस्ता जोड्ने ट्रस पुल १४ वर्षमा ८० प्रतिशत काम सकिएको छ ।
२०६८ असार २६ गते एमएस इलाइट एसबिए जेभी कपन काठमाडौँले तीन वर्षमा काम सक्ने गरी सम्झौता गरेको थियो । दामाचौर पुल भ्याटबाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा निर्माण सक्ने गरी इलाइटले जिम्मा लिएको थियो । वेल फाउन्डेसन डिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको इलाइटले दुई छेउका पिल्लर राखेर नदीको मध्यभागमा पिल्लर बनाउने व्रmममा डिजाइन अनुसार काम अगाडि नबढेपछि पुल बन्ने प्रव्रिmया रोकिएको हो । पुल निर्माण गर्ने व्रmममा १४ वर्षमा पाँच पटकसम्म म्याद थपेर काम गरिएको हो ।
त्यसै गरी २०७४ मङ्सिर २२ गते एमएस सपना÷महादेव खिम्ती÷हिरा जेभीले तीन वर्षमा काम सक्ने गरी सम्झौता गरेको बाँसटारी पुल भने आठ वर्षमा ४० प्रतिशत मात्र काम सकिएको छ । दुई सय मिटर लम्बाइ रहेको यो पुलसमेत चार स्पानको रहेको छ । २४ करोड ६० लाख १८ हजार तीन सय रुपियाँमा निर्माण कम्पनीले सभ्झौता गरेको यो पुल पाँच पटक म्याद थप भइसकेको छ । त्यसै गरी कालीगण्डकी नदी राम्दीमा निर्माण गरेको देशकै एक मात्र नमुना पुलको ८० प्रतिशत काम सकिएको छ ।
यो थाइल्यान्डका डिजाइनरले डिजाइन गरेको सिएफएसटी स्टिल ट्युब आर्क ब्रिज हो । नेपालकै पहिलो र एक स्पान मात्र रहेको यो पुलको लम्बाइ १२० मिटर रहेको छ । यहाँ बन्दै गरेको नयाँ पुल २०२८ सालमा बनेको अहिलेको ट्रस ब्रिजभन्दा २७ मिटर बढी लम्बाइ रहेको छ । २०७९ असार ३० गते तीन वर्षमा सक्ने गरी हिम सगरमाथा प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो । २७ करोड ७१ लाख नौ हजार छ सय रुपियाँमा पुल निर्माणका लागि सम्झौता गरिएको हो ।
त्यसै गरी कालीगण्डकी नदीमा बेल्टारी पुल सम्झौताको दुई वर्ष सकिँदा जम्मा ५० प्रतिशत काम भएको छ । निर्माण कम्पनी गौरी पार्वती न्यु टेक्निकल जेभीले तीन वर्षमा सक्ने गरी २०७७ भदौ १ गते १५ करोड ३९ लाख २८ हजार ६८० रुपियाँमा सभ्झौता भएको हो । त्यसै गरी सेतीवेणी पुल म्याद सकिएको दुई वर्षमा ३० प्रतिशत काम सकिएको छ । एक सय मिटर लम्बाइ भएको यो पुल सेतीवेणीबाट स्याङ्जा र गुल्मी जोड्ने पुल हो । -यामजिनी/राजेश्वरीले ११ करोड ८६ लाख ४५ हजार ९७० रुपियाँमा २०७८ असार ३१ गते दुई वर्षमा सक्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले यो पुलको तेस्रो पटक २०८३ भदौ १८ सम्म म्याद थपेको छ । यस्तै चिउरीबोट–अर्बेनी पुल म्याद गुज्रेको डेढ वर्षमा ३० प्रतिशत मात्र काम सकेको छ ।
इलाइट/-यामजिनी/राजेश्वरीले १८ करोड ६८ लाख ७० हजार ७९० रुपियाँमा तीन वर्षमा सक्ने गरेर सम्झौता गरेको थियो । १८० मिटर लम्बाइ भएको पुल २०८३ असार ३० गतेसम्म सक्ने गरेर दोस्रो पटक म्याद थपिएको छ ।