• २ माघ २०८२, शुक्रबार

भयरहित निर्वाचनका लागि सुरक्षा महत्त्वपूर्ण

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुहुँदै । तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता

हेटौँडा (मकवानपुर), माघ २ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र त्रासमुक्त वातावरणमा सम्पन्न गर्न प्रहरीको भूमिका महìवपूर्ण रहने बताउनुभएको छ । 

प्रहरी सङ्गठनलाई दुईपाङ्गे्र सवारीसाधन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न प्रहरी सक्रिय र प्रभावकारी रूपमा खटिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुख्यमन्त्री बानियाँले निर्वाचनलाई सहज, पारदर्शी र निष्पक्ष बनाउन प्रदेश सरकार आवश्यक सहयोग र समन्वयका लागि तयार रहेको स्पष्ट गर्नुभयो । उहाँले जेनजी समूहको आन्दोलनका क्रममा प्रहरी संरचना तथा सवारीसाधनमा पुगेको क्षतिका कारण उत्पन्न समस्याबिच प्रदेश सरकारले संरचना निर्माण तथा सवारीसाधन खरिदमा सहयोग प्रदान गर्दै आएको जानकारी दिनुभयो । प्रहरीलाई निष्पक्ष, जवाफदेही र पारदर्शी बनाउनेतर्फ सचेत रहन निर्देशन दिनुभयो । 

उहाँले कुनै दल, दबाब वा प्रभावमा नपरी निर्वाचनमा शान्तिसुरक्षा कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार जनतासँग प्रत्यक्ष रूपमा जोडिने प्रहरीको भूमिका गाउँबस्तीमा असामाजिक गतिविधि नियन्त्रण, चोरी डकैती रोकथाम र कानुन कार्यान्वयनमा महìवपूर्ण हुने भएकाले निर्वाचन अवधिभर प्रभावकारी रूपमा खटिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यव्रmममा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जनताको सुरक्षा सुनिश्चित गर्न प्रहरी सङ्गठनलाई सुदृढ बनाउने उद्देश्यले सवारीसाधन उपलब्ध गराइएको बताउनुभयो । आन्दोलनपछिका सुरक्षात्मक गतिविधिमा सवारी अभाव देखिएकाले त्यसको व्यवस्थापन गरिएको उहाँको भनाइ थियो ।

बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले प्रहरीका लागि भवन निर्माण, उपकरण खरिद तथा सवारी व्यवस्थापनमा प्रदेश सरकारले निरन्तर बजेट उपलब्ध गराउँदै आएको बताउँदै सवारीसाधनले कार्यसम्पादन थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले भौतिक संरचना, सिसिटिभी, सवारीसाधन र मर्मतसम्भारमा प्रदेश सरकारले सहयोग गर्दै आएको जानकारी दिनुभयो । जेनजी समूहको आन्दोलनका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा सवारीसाधन खरिदले सङ्गठनलाई बलियो बनाएको बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको सहयोगमा ७२ वटा प्रहरी कार्यालयमा एक अर्ब रुपियाँ बराबरका संरचना निर्माण सम्पन्न भएको छ । आगामी निर्वाचनमा परिचालनका लागि हस्तान्तरण गरिएका मोटरसाइकल प्रदेश प्रहरीका १० जिल्ला र ट्राफिक प्रहरी कार्यालयमा वितरण गरिने जानकारी दिनुभयो । साथै प्रदेश सरकारलाई चारपाङ्ग्रे सवारीसाधन पनि सहयोग गर्न आग्रह गर्नुभयो । 

कार्यव्रmममार्फत बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको हो । मुख्यमन्त्री बानियाँले प्रमुख प्रहरी नायब महानिरीक्षक पौडेललाई मोटरसाइकलको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

सुरक्षा सुदृढीकरण, सेवा प्रवाह सहजता तथा परिचालन क्षमता वृद्धि गर्ने उद्देश्यले ९७ लाख २० हजार रुपियाँ बराबरका दुईपाङ्ग्रे सवारीसाधन राष्ट्रिय बोलपत्र प्रव्रिmयामार्फत खरिद गरिएको प्रदेश सरकारले जनाएको छ । १६० सिसी क्षमताका एफआई र एबिएस सिस्टमयुक्त मोटरसाइकल हस्तान्तरण गरिएको हो ।