काठमाडौँ, माघ २ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ १८ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ७४ पैसा र बिक्रीदर १६८ रुपियाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ५३ पैसा र बिक्रीदर १९४ रुपियाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपियाँ ०७ पैसा र बिक्रीदर १८० रुपियाँ ८२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ५७ पैसा र बिक्रीदर ९६ रुपियाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ७४ पैसा र बिक्रीदर १०४ रुपियाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ र बिक्रीदर ११२ रुपियाँ ४७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १० पैसा र बिक्रीदर नौ रुपियाँ १३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६९ पैसा र बिक्रीदर २० रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४४ पैसा र बिक्रीदर ३८ रुपियाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४५ पैसा र बिक्रीदर ३९ रुपियाँ ६१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २५ पैसा र बिक्रीदर ३९ रुपियाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ५६ पैसा र बिक्रीदर ३५ रुपियाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८२ पैसा र बिक्रीदर ९ रुपियाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६८ पैसा र बिक्रीदर १५ रुपियाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४५ पैसा र बिक्रीदर २२ रुपियाँ ५४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४९ पैसा र बिक्रीदर १८ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपियाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपियाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ४३ पैसा र बिक्रीदर ३८४ रुपियाँ ०२ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपियाँ ०७ पैसा रहेको छ । यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस