• १ माघ २०८२, बिहिबार

म्याग्दीका उत्कृष्ट महिला उद्यमी सम्मानित

blog

सम्मानित महिला उद्यमीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, माघ १ गते ।
म्याग्दीका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरिएको छ । बेनीमा सुरु भएको ११ औं माघेसङ्क्रान्ति मेलाको अवसरमा उद्यमशिलतामा पहिचान बनाउन सफल उत्कृष्ट सातजना महिला उद्यमीहरुलाई नगदसहित सम्मान गरिएको हो ।

सम्मानित हुने महिला उद्यमीहरुमा धवलागिरी गाउँपालिका–७ को थापा कृषि फार्मका सिता थापा, अन्नपूर्ण गाउँपालिका–७ टिकोटको हरिमुल कृषक समूहका कोषाध्यक्ष टिका तिलिजा पुन, रघुगङ्गा गाउँपालिका–१ को बेगखोला अगरवत्ती उद्योगका रिसमाया पुर्जा, मालिका गाउँपालिका–५ को धवलागिरी अल्लो कपडा उद्योगका नेकसरा पुन, बेनी नगरपालिका–८ मा रहेको बेलढुङ्गा स्वर्गाश्रम हस्तकला उद्योगका कुमारी थापा,जलजला ७ कालीगण्डकी चाउचाउ उद्योगका अनिता मल्ल केसी र बेनपा–८ को रेण सिलाई तथा वुटिक सेन्टरका रेनु मल्ल हुनुहुन्छ ।

महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न र हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला भित्र विभिन्न क्षेत्रका सात जना उत्कृष्ट महिला उद्यमी छनोट गरी सम्मान गरिएको हो ।

उत्कृष्ट महिला उद्यमीलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठलगायतले दोसल्ला अढाएर, सम्मान पत्र र नगद प्रदान गरेर सम्मान गर्नुभएको थियो ।