नारद कोहार
तौलिहवा(कपिलवस्तु), माघ १ गते । २५ औं सशस्त्र प्रहरी दिवस २०८२ तथा रजत महोत्सवको अवसरमा संचालन गरिएको “पूर्व–पश्चिम झण्डा मार्च” कार्यक्रमअन्तर्गत सशस्त्रको टोली कपिलवस्तु आइपुगेको छ । सशस्त्रको टोली कपिलवस्तुको बिजयनगर गाउपालिका वडा नम्बर ५ स्थित ठकुरापुरमा रहेको सिमा स्तम्भ नम्बर ५७८.४ मा पुगेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेक्वा ज्वालामाई दाङका गणपति सशस्त्र प्रहरी उपरिक्षक मनोज धितालले स.प्र.बल नेपाल नं.२८ गण हे.क्वा. कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक. नेत्र केसीको टोलीलोई पूर्व पश्चिम झण्डा मार्च बुझ–बुझारथ गरेका थिए ।
सशस्त्र प्रहरीको ३५ जनाको टोलीले कपिलवस्तुका सिमा नाकामा पैदल यात्रा गर्दै झण्डा मार्च सुरु गरेका थिए । टोलील सिमा नाका कृष्ण्नगर भिल्मी हदौना, मर्यादपुर चाकरचौडा हुँदै शुद्धोधन गाउँपालिको घिराउजोतमा झण्डा बुझाउने छ । सशस्त्र प्रहरी उपरीक्षक केसीले पूर्व पश्चिम झण्डा मार्च घेराउजोतमा सशस्त्रको रुपेन्देही टोलीलाई बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।
गत पुस २० गतेदेखि पूर्वको ईलाम र सुदूरपश्चिमको गड्डा चौकीबाट सो अभियान सुरु भएको थियो । माघ ७ गते पर्सामा अभियान समापन हुने उहाँको भनाइ छ । अभियानको क्रमममा सिमा स्तम्भको अवस्थासहित सिमाबासीमा सशस्त्र प्रहरीको विश्वास जगाउन अभियान चलाइएको उहाँले बताउनुभयो । उहाँले सिमा नाकामा टोली पैदल मार्च पास गरी हिँड्ने छ ।