काठमाडौँ, पुस ३० गते ।“भक्का छ ? अनि घोँगी नि ?” यतिबेला टुँडिखेलको मैदानमा यी दुई परिकार खोजीखोजी खानेहरूको भीड छ ।
पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएको छ । आज र भोलि मनाउने औपचारिक माघी महोत्सवलाई स्वागत गर्दै टुँडिखेलमा थारु समुदायका स्वादिला परिकार चखाउन चहलपहल सुरु भएको छ ।
केही स्टलमा परिकार पकाउने तर्खर गर्दै थिए भने केही स्टलमा भक्का, घोँगी, फ्राइ माछालगायत खानेकुरा पाकिसेका थिए । यद्यपि महोत्सव घुम्न आएहरूले भने घोँगी र भक्काको विशेष खोज्दै गर्दै थिए ।
मोरङकी सरिता खवासको समूहले दिउँसैदेखि माटोको भाँडोमा कपडाले बेरेर चामलको पिठोको तातोतातो भक्का पकाएर बेचिरहनुभएको थियो । “दिनभरमा भक्का मात्रै धेरे बिक्यो”, उहाँले भन्नुभयो, “घोँगी त खोज्ने नै भए ।”
रत्नपार्क कामले आएका विष्णु भुजेलले टुँडिलेखमा थारु माघी महोत्सव देखेर उत्साहीत हुनुभयो । उहाँ उत्साहित हुनुको प्रमुख कारण थारु समुदायले बनाउने विभिन्न मौलिक स्वागदका परिकार थिए । स्टल घुमेपछि उहाँले घोँगी र भक्का नै चाख्नुभयो ।
“घोँगी अहिले महँगीएछ,” उहाँले खाइसकेपछि स्टलका व्यापारीलाई ध्यानर्कषण पनि गराउनुभयो । उहाँको कुरा सुनेर मिठो मुस्कानसहित परिकार चखाएकी कैलालीका केशरी चौधरीले घोँगी महँगो हुनुको नालीबेलीसमेत सुनाउनुभयो ।
उहाँका अनुसार नौ रुपियाँमा किनेर ५० रुपियाँ केजीमा बिक्री गरेको विगतको अनुभव अब अनुभवमा मात्रै सीमित रह्यो । शीतलहर अत्याधिक बढेकाले घोँगी खोज्न निकै कठिन भएपछि उहाँले बजारमा महँगो दरमा किनेर महोत्सवमा बेच्नु परेको बाध्यता बताउनुभयो ।
अहिले स्टलमा दुई सय केजीमा किनेर चार सयमा बिक्री गर्नु परेको उहाँले सुनाउनुभयो ।“शीतलहरले घोँगी खोज्न सकिएन, महँगो किनेर बेच्नु परेकोछ”, उहाँले भन्नुभयो । थारु महोत्सवमा थारु समुदायका परिकारले आर्किषत गरेको छ । थारु समुदायले माघी आउनु अगाडिदेखि नै दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै महिना दिनअघिदेखि पर्वको तयारी गर्छन् ।
पुस मसान्तको दिन सुङ्गुररबङ्गुर (जता गर्ने) र त्यसैदिन आगोको धुनी बाल्दै डफरमादलसँगै धुमरु गाउँदै रातभर जाग्राम रहने गरिन्छ ।
माघ १ गते सबेरै नजिकैको खोल, नदी, ताल, तलैयामा स्नान गरी ‘माघ लहान’ पूरा गरिने चलन छ । स्नातपश्चात पूजा र भाकल गरेर सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने जनविश्वाससमेत रहेको थारु समुदायका अगुवाहरू बताउनुहुन्छ । रासस