शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दी राइजिङ नेपाल
अङ्ग्रेजी दैनिकका पत्रकार एवं मैथिली साहित्यकार अमरेन्द्र यादव प्रज्ञा मातृभाषा पुरस्कार–२०८२ बाट सम्मानित हुनुभएको छ । मैथिली भाषा र साहित्यको प्रवर्धनमा यादवले तीन दशकभन्दा बढी समय गर्नुभएको योगदानको कदर गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले उहाँलाई एक लाख रुपियाँसहित पुरस्कार
प्रदान गरेको हो । सो अवसरमा अन्य साहित्यिक व्यक्तित्वलाई पनि उहाँहरूको योगदानका लागि प्रज्ञा पुरस्कार र प्रज्ञा प्रादेशिक पुरस्कारबाट सम्मानित गरिएको थियो ।
विसं २०७८ मा प्रकाशित यादवको मैथिली कवितासङ्ग्रह ‘स्त्री आ आगि’ ले नेपाल विद्यापति पाण्डुलिपि पुरस्कार–२०७७ प्राप्त गरेको थियो । उहाँले ‘भावप्रीता’ शीर्षकको बहुभाषिक
कवितासङ्ग्रह सम्पादन गर्नुभएको छ, जसमा १० भाषाका ५० कविका एक सय कविता समावेश छन् ।