• ३० पुस २०८२, बुधबार

राष्ट्रपति रनिङ शिल्डमा थेचम्बु मावि प्रथम

blog

पालिकास्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम बनेको थेचम्बु माविका विद्यार्थीलगायत । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ३० गते ।
ताप्लेजुङस्थित पाथीभरा याङ्वरक गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थेचम्बु माध्यमिक विद्यालय प्रथम भएको छ । पालिकाभित्रका अन्य विद्याललाई पछि पार्दै विभिन्न २५ पदक जित्दै थेचम्बु मावि प्रथम भएको हो । प्रतियोगितामा प्रथम बनेको थेचम्बु मावि थेचम्बुले ११ स्वर्ण, आठ रजत र छ काँस्य पदक जितेको छ ।

यस्तै, दोस्रो बनेको कालिका माध्यमिक विद्यालय तिरिङ्गेले पाँच स्वर्ण, तीन रजत र चार काँस्य पदक जितेको स्थानीय प्रेम क्षेत्रीले जानकारी दिनुभयो । तेस्रो भएको सारदा माध्यमिक विद्यालय थुम्बेदिनले भने चार स्वर्ण, छ रजत र पाँच काँस्य पदक जितेको छ ।

यसैगरी, कालिका माध्यमिक विद्यालय नाङ्खोल्याङले चार स्वर्ण, एक रजत र तीन काँस्य गरी आठवटा पदक जितेको छ । चाक्सिबोटे माध्यमिक विद्यालयले तीन स्वर्ण, चार रजत र पाँच काँस्य, सिद्धेश्वरी माध्यमिक विद्यालय डुम्रिसेले भने दुई स्वर्ण, छ रजत र तीन काँस्य पदक जितेको छ । पदक विजेता विद्यालय र विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ लगायतले शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र वितरण भएको थियो ।

कालिका मावि तिरिङ्गेको व्यवस्थापन तथा संयोजन र गाउँपालिकाको आयोजनामा पालिकास्तरको अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ  शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो । गाउँपालिकाका अनुसार पालिकाभित्रका छ वटा माध्यमकि विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।