• ३० पुस २०८२, बुधबार

काराबाओ कपमा सिटीको सहज जित

blog

गोल गरेपछि सिटीका खेलाडी ।

काठमाडौँ, पुस ३० गते । म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को सेमिफाइनलअन्तर्गत पहिलो लेगमा साविक विजेता न्युक्यासल युनाइटेडमाथि सहज जित निकालेको छ ।

मङ्गलबार राति भएको खेलमा पाहुना टोली सिटीले न्युक्यासललाई २–० गोलले हरायो  । सिटीको जितका एन्टोइन सेमेन्योले ५३औँ र रायन चेर्कीले इन्जुरी समयमा गोल गर्नुभयो ।

दोस्रो लेग फेब्रुअरी ५ तारिखमा सिटीको घरेलु मैदानमा हुनेछ । अर्को सेमिफाइनल खेलमा चेल्सी र आर्सनलबिच आज राति प्रतिस्पर्धा हुनेछ । एजेन्सी