शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इनरुवा समाचारदाता
इनरुवा (सुनसरी), पुस १७ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुनसरीको कोशी गाउँपालिकास्थित नेपाल–भारत सीमाको तीनकुने–भान्टाबारी–भीमनगर नाकाको स्थलगत निरीक्षण गर्नुभएको छ । अर्यालले निर्वाचन सुरक्षा र सीमा सुरक्षाबारे जानकारीसहित कोशी गाउँपालिका–८ स्थित नेपाल–भारत सीमाको स्थलगत निरीक्षण गर्नुभएको हो ।
अनुगमन निरीक्षणका क्रममा उहाँले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का उच्च पदाधिकारीसँग सङ्क्षिप्त भेटघाटसमेत गर्नुभएको छ । भेटघाटका क्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाबारे दोहोरो कुराकानी र अवस्थाबारे जानकारी आदानप्रदान गर्नुभएको थियो । निरीक्षणका व्रmममा उहाँले कार्यरत सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ अटल र निर्भीकताका साथ कर्तव्य पूरा गर्न निर्देशन दिनुभयो ।