• १६ पुस २०८२, बुधबार

बिल बिना १४ लाख ९७ हजार बराबरको सामान बरामद

blog

बरामद सामान । तस्बिर : नेपाल प्रहरी

काठमाडौँ, पुस १६ गते । काठमाडौँबाट प्रहरीले १४ लाख ९७ हजार पाँच सय बराबरको सामान बरामद गरेको छ ।

बुधबार बिहान ६ः१५ बजे नागार्जुन नगरपालिका– ४ स्थित बाफल चोकबाट धनगढीदेखि काठमाडौँ आएको ना ८ ख ८४९५ नम्बरको बस चेकजाँच गर्ने क्रममा डिक्की भित्रबाट २८ कार्टुन मोबाइको पार्टस सामान बिल बिना नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

२७ बोरामा १५०० पिस टेम्पड ग्लास, जम्मा ४० हजार पाँच सय पिस, एक पिसको अन्दाजी मूल्य ३५ को दरले १४ लाख १७ हजार पाँच सयको रहेको छ ।

एक बोरामा एक सय एयर पड्स, एक पिसको अन्दाजी मूल्य आठ सयको दरले ८० हजार गरी जम्मा मूल्य १४ लाख ९७ हजार पाँच सय रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बरामद सामानसहित गाडी र गाडीका चार जना कर्मचारीलाई नियनत्रणमा लिइ थप अनुसन्धानका लागि बृत्त स्वयन्भुमा राखि आवश्यक छानबिन भइरहेको छ ।