• १६ पुस २०८२, बुधबार

सुनचाँदीको मूल्य घट्यो

blog

काठमाडौँ,  पुस १६ गते ।  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू. चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु. दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल रु. चार हजार ५९० मा कारोबार भएको थियो ।  रासस