• ८ असार २०८१, शनिबार

चुनाव अघि माओवादीसँग एकता हुन्न: नेपाल

blog

धनगढी, असार २७ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनाव अघि माओवादी लगायत कुनै पनि पार्टीसँग पार्टी एकता नहुने बताउनु भएको छ । 

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, माओवादीसँग एकता हुन थाल्यो भनेर कसैले ‘ट्वीट’ बढाउन जरुरी छैन हामी चुनावअघि कसैसित पनि एकता गर्देनौं, चुनावपछि छलफल गरौला । 

यो गठबन्धन कहिलेसम्म रहन्छ भन्ने पत्रकारको प्रश्नमा उहाँले गठबन्धन कहिलेसम्म रहन्छ भन्ने जोतिषीलाई थाहा होला तर यो संसद् रहँदासम्म गठबन्धनमा रहन्छौं । उहाँले चुनाव पनि एक्लै जित्ने ठाउँमा एक्लै लड्ने नजित्ने ठाउँमा सम्मानजनक ढङ्गले तालमेल गर्ने पनि बताउनुभयो । 

अध्यक्ष नेपालले आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७५३ वटै पालिका र पालिकाका वडामा सङ्गठन निर्माण भइरहेको पनि बताउनुभयो । सहकार्यका नाममा हामी अरुको आशा गरेर बस्दैनौं उहाँले बताउनुभयो । उहाँले नीति, कार्यक्रम, विगत र व्यवहारका आधारमा चुनाव जित्ने भएकोले ती कुरा आफूहरुसँग भएको पनि दाबी गर्नुभयो । 

प्रदेश खारेज गर्नुपर्ने माग उठेको छ नि भन्ने अर्को प्रश्नमा अध्यक्ष नेपालले त्यो माग कतै उठेको छैन, जनतालाई खुसी बनाउने खालका काम गर्दै जानुपर्छ तर धनगढीको जस्तो धुलाम्मे सडक कतै पनि हुनुहुन्न भन्नुभयो । उहाँले नेपाल श्रीलङ्का जस्तो नहुने बताउँदै रुस‐युक्रेन युद्धका कारण विश्वभर नै आर्थिक अवस्था कमजोर भएको बताउनुभयो ।

Author

प्रकाशविक्रम शाह