प्रदिप पन्त
बागलुङ, मङ्सिर २४ गते । बागलुङमा ६९ मेट्रिक टन कोदो कम उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको हो । गत वर्ष १० हजार ८०० उत्पादन मेट्रिक टन कोदो उत्पादन भएकोमा यस वर्ष घटेर १० हजार ७३१ मेट्रिक टन उत्पादन भएको छ ।
बागलुङमा मुख्य बालीको रुपमा कोदोलाई लिने गरिए पनि अहिले किसानहरुले यस खेतीमा कम प्राथमिकता दिदा उत्पादनमा कमि आएको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख कुमार पुन मगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बसाइ“सराइ र गाउ“मा काम गर्ने जनशक्ति अभावका कारण यसको खेती घट्दै गएको छ, खर्च धेरै, उत्पादन घट्दै जानु, माग कम भएपछि किसान कोदो खेतीको विकल्पको रुपमा अहिले सुन्तला, केरा, कागती खेती गर्न थालेका छन् ।” किसानले कोदोको खेती गर्न छाडेपछि उत्पादनमा क्रमशः ह्रास आएको छ । अहिले कोदो उत्पादन हुने माथिल्लो क्षेत्रमा सुन्तला, कागत र तल्लो क्षेत्रमा केरा खेती गर्दै आएको निमित्त कार्यालय प्रमुख मगरले बताउनुभयो ।
कोदो खेतीलाई विस्तार गर्न रैधाने बाली प्रवर्धन कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध कृषि विकास कार्यालयले गराउ“दै आएको छ । पौष्टिक तत्वको रुपमा मानिएको कोदोको माग अहिले कम हुदै गएपछि किसानले अन्य बाली लगाउने गरेका छन् ।
पहिला दैनिक जीवनमा बिहान बेलुकी कोदोको ढिडो रोटी खादै आएकोमा अहिले माग घट्दै गएपछि खेती गर्न छाडी अन्य नगदे बाली लगाउन थालेको तमानखोला गाउँपालिका–१, कुन्थेवाङका किसान खिम रोका मगर बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो प्रविधिबाट खेती गर्दा, उत्पादन कम हुने र नगद आर्जन गर्न नसकिने भएपछि, कोदो बालीको सट्टा अरु खेती सुरु गरेका छौँ ।”
जिल्लाको कुल खाद्यान्न उत्पादनको ६० प्रतिशत क्षेत्र ओगटेको कोदो बाली अहिले घट्दै गएको छ । बागलुङमा ३० हजार ४०० हेक्टर खेती योग्य जमिन मध्य १८ हजार हेक्टर क्षेत्रफलमा कोदो बाली लगाउने गरिएको छ । असारमा लगाएको कोदो बाली कात्तिक अन्तिमसम्म भित्र्याउने गरिन्छ ।