• २० असोज २०८१, आइतबार

आबेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

blog

शुक्रबार जापानको नारा शहरमा भाषण गर्नुहुँदै सिन्जो आबे । तस्बिर : बीबीसी

गोरखापत्र अनलाइन

कठमाडौं, असार २४ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आबेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै आबे विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो भन्नुभएको छ । प्रधानमन्त्रीले  यस दुखद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ । 

ओलीद्वारा दुःख व्यक्त

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्विटमार्फत आबेको हत्याको भत्र्सना गर्दै निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

 जापानका पूर्वप्रधानमन्त्री आबेको जघन्य हत्याको म घोर निन्दा गर्दछु, उहाँले ट्विटरमा भन्नुभएको छ, “उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”