• २१ मङ्सिर २०८२, आइतबार

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण

blog

मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शपथ लिनु हुँदै । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, मङ्सिर २१ गते । मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार मधेशको राजधानी जनकपुरधामस्थित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई बज्जिका भाषामा पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।  

यादव मधेश प्रदेश सरकारको दोस्रो कार्यकालको पाँचौँ मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको हो ।