• २१ मङ्सिर २०८२, आइतबार

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

blog

जनार्दन शर्मालाई कालोझन्डा देखाउँदै नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर २१ गते । गृह जिल्ला रुकुमपश्चिम आएको बेलाप्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा विरुद्ध नाराबाजी र कालोझन्डा देखाएर विरोध गरिएको छ । 

पूर्वमन्त्री एवम् साविक माओवादी केन्द्रका उपमहासचिव रहेका रहनुभएका नेता शर्मा आइतबार बिहान रुकुमपश्चिम आउँदा विरोध गरिएको छ । 

नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान मुसीकोट नगरपालिका-१, सल्लेमा कालोझन्डा देखाउँदै शर्मा विरुद्ध नाराबाजी गरेका हुन् । 

काठमाडौँबाट सल्ले विमान स्थलमा नेपाल एयरलाइन्सको जहाजमार्फत आउनु भएका शर्मालाई एयरपाेर्ट बाहिर कालो झन्डा देखाएर विरोध गरिएको हो ।

साबिक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अगुवाईमा नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेर अन्य वाम घटक दलहरूसँग एकता गरेपछि सो प्रक्रियामा असहमति जनाउँदै शर्माकै अगुवाई प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको छ । 

नयाँ पार्टी गठनपछि पहिलो पटक गृह जिल्ला आएको बेला उहाँ विरुद्ध नाराबाजी भएको हो । नेपाली कम्युनिस्ट पार्टी निकट एक दर्जन बढी कार्यकर्ताहरूले कालो झन्डा देखाउँदै जनार्दन शर्मा मुर्दावाद, जनतालाई धोका दिने जनार्दन मुर्दावाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद, दक्षिणपन्थी अवसरवादी मुर्दावाद लगायतका नारा लगाएका छन् । 

 गृह जिल्लामा पार्टीको कार्यालय उद्‌घाटन, युवा भेलालाई सम्बोधन लगायतका कार्यक्रममा सहभागी हुन शर्मा आउनुभएको बताइएको छ ।