• २१ मङ्सिर २०८२, आइतबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

blog

काठमाडौँ, मङ्सिर २१  गते ।  शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु. तीन हजार ६०५ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ५५५ मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । रासस