• २० मङ्सिर २०८२, शनिबार

‘केन्द्रीय नेतालाई एउटै क्षेत्रमा चुनाव लड्न दिनु हुँदैन’

blog

भेलालाई सम्बोधन गर्नुहुँदै सहमहामन्त्री किशोरसिंह राठौर। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, मङ्सिर २० गते। नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्नेमा जोड दिनुभएको छ। 

 कांग्रेस, बाँकेको क्षेत्र नम्बर तीन कार्यसमितिले खजुरा बजारमा शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै सहमहामन्त्री राठौरले  यस्तो बताउनुभएको हो। 

सहमहामन्त्री राठौरले घोषित मितिमा निर्वाचन गर्नुको विकल्प नदेखिएको अवस्थामा सरकार, सुरक्षा अंग र सम्वद्ध निकायले तत्काल आवश्यक पहलकदमी लिनु पर्नेमा जोड दिनुभयो। 

सहमहामन्त्री राठौरले नेपाली काँग्रेस मुलुकको एउटा मात्र लोकतान्त्रिक पार्टी भएकाले देश, जनता र व्यवस्थाले जित्ने अवस्था निर्माण गर्नु प्रतिष्ठाको विषय रहेको बताउनु भयो।