• २० मङ्सिर २०८२, शनिबार

तुल्सीलाल स्मृति चेस टिम च्याम्पियनसिप आइतबारदेखि

blog

काठमाडौँ, मङ्सिर २० गते । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । 

आइतबारदेखि सुरु हुने प्रतियोगिातको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो । टिम स्पर्धामा दुई हजार रेटिङ माथिको एक तथा अन्य चार गरि पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। जसमा नेपालका २४ टिमको सहभागिता सुनिश्चित भएको छ। 

ललितपुरको कुमारी पाटी स्थित क्यास्पियन कलेजमा सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उप विजेता टिमले एक लाख, तृतीय हुनेले ६० हजार र चौथो हुनेले ४० हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

पाँचौँदेखि सातौँ सम्मका टिमले समान २० हजार तथा ब्यक्तिगत पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार रुपियाँ पुरस्कार हात पार्नेछन्। 

आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले आठौँ संस्करणको तुल्सीलाल स्मृति राष्ट्रिय चेस प्रतियोगिता बागमती प्रदेश सरकार तथा ललितपुर महानगरपालिकाको सहयोगमा नियमित सञ्चालन भइरहेको बताउनुभयो ।