• १५ वैशाख २०८१, शनिबार

श्रीलङ्काले मुद्रास्फीतिको सामना गर्न प्रमुख दरलाई २१ वर्षकै उच्च पुर्‍यायो

blog

कोलम्बो, २३ असार (रासस/सिन्ह्वा) । श्रीलङ्काको केन्द्रीय बैंकको मौद्रिक बोर्डले ‘स्टान्डिङ डिपोजिट फेसिलिटी रेट (एसडीएफआर)’ र ‘स्टान्डिङ लेन्डिङ फेसिलिटी रेट (एसएल एफआर) दरलाई क्रमशः १०० आधार बिन्दुले बढाएर १४.५० प्रतिशत र १५.५० प्रतिशत ले वृद्धि गर्ने निर्णय गरेको छ।

बढ्दो घरेलु मुद्रास्फीतिको सामना गर्न यसो गरिएको बैंकले जनाएको छ। साथै, यी दरहरू २१ वर्षकै उच्च छन्। 

केन्द्रीय बैंकले हालै मुद्रास्फीतिमा सोचेभन्दा बढी वृद्धि भएको जनाएको छ। उच्च मुद्रास्फीति आगामी केही समयका लागि रहने अपेक्षा गरिएको छ। यसरी प्रतिकूल मुद्रास्फीतिको अनुमानको कुनै पनि वृद्धिलाई समाहित गर्न थप मौद्रिक नीति कडा हुनु आवश्यक हुने मौद्रिक बोर्डको धारणा रहेको थियो। 

केन्द्रीय बैंकले नीतिगत समायोजनले श्रीलङ्काको मुद्रास्फीतिलाई मध्यम अवधिमै ४ देखि ६ प्रतिशतसम्म स्थिर बनाउन मद्दत पुग्ने बताएको छ। 

बैंकले सूक्ष्म, साना तथा मध्यम स्तरका व्यवसायीलगायत समग्र आर्थिक गतिविधिमा कडा मौद्रिक अवस्थाको प्रभाव र वित्तीय क्षेत्रको कार्यसम्पादनलाई विज्ञले कालान्तरमा अर्थतन्त्रका सबै क्षेत्रमा भएको  मूल्य वृद्धिको दूरगामी प्रतिकूल परिणामबारे विचार गरेको बताउनुभयो। 

बैंकले अप्रिलमा ७०० आधार बिन्दुले दर बढाएको थियो तर मे महिनामा आफ्नो अघिल्लो नीतिमा थपघट गरेको थिएन।