• २० वैशाख २०८१, बिहिबार

पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छु : पर्यटनमन्त्री श्रेष्ठ

blog

फाइल तस्बिर

काठमाडौं, असार २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने बताउनुभएको छ ।

बुधबार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रष्ठले यस्तो बताउनुभएको हो । पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ । सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न सङ्घीय पर्यटन मन्त्रालयमा बुझाएको थियो । जसमा पर्यटमन्त्री श्रेष्ठले पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने प्रस्ताव प्रक्रिया तत्काल थाल्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले पोखरा पर्यटकको लागि एक गन्तव्य भएको भन्दै पोखरालाई व्यवस्थित र आकर्षण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीव्र रुपमा अगाडि बढाउने बताउनुभयो । पर्यटक आउने पर्यटन बसपार्क अव्यवस्थित भएकाले अब पर्यटन बसपार्क व्यवस्थित बनाउने उहाँको भनाइ छ ।

प्रमुख आचार्यले १८ रोपनी क्षेत्रफलमा फैलिएको पर्यटन बसपार्क करिब आठ करोडको लगानीमा निर्माण सम्पन्न भएर आजबाट त्यसको जिम्मेवारी महानगरलाई आएको बताउनुभयो ।

पर्यटन बसपार्क निर्माणले पोखराको समग्र पर्यटन विकासका लागि ठूलो योगदान पु¥याउने प्रमुख आचार्यले बताउनुहुन्छ ।