• १३ साउन २०८१, आइतबार

पीडितको गुनासो सुन्न प्रहरीको चियापान कार्यक्रम

blog

जाजरकोट समाचारदाता

जाजरकोट, असार २२ गते । स्थानीय स्तरमै पीडितहरुको गुनासो सुन्न जाजरकोट प्रहरीले चियापान कार्यक्रम आयोजना गरेको छ । कुशे गाउँपालिका–५ स्थित पाँचकाटिया र ९ स्थित पैंक प्रहरी चौकीमा प्रहरीले पीडितहरुको समस्या र गुनासो बुझ्न चियापान कार्यक्रम आयोजना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले पाँचकाटिया र पैंक प्रहरी चौंकीमा पीडितहरुको गुनासो सुन्न प्रहरीले चियापान कार्यक्रमको भएको बताउनु भयो । एकै दिन दुई वटा प्रहरी चौकीमा आयोजना गरिएको कार्यक्रममा प्रहरीले ७० जना पीडितहरुको गुनासो सुन्न सफल भएको डिएसपी निरौलाको भनाइ छ ।

कार्यक्रमको आयोजना गरेर गुनासो तथा उजुरी सम्बोधनपछि समाजमै दैनिक जीवनयापन गरिरहेका ७० जना पिीडितसँग प्रहरीले साक्षत्कार गरेको छ । प्रहरीद्वारा  गरिएका सेवा प्रवाहका विषयमा पीडितहरुबाट सल्लाह, सुझाव सङ्कलन भएका छन् । 

चियापान कार्यक्रम मार्फत प्रहरीबाट पीडितहरुले पाएको न्याय, प्रहरीद्वारा गरिएको न्याय सम्पादनबाट पीडितहरुले गरेको अनुभूतिका विषयमा अन्तरक्रिया गरिएको थियो । यस्ताखाले कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध बढाउनुका साथै समाजमा दैनिक हुने अापराधिक घटनालाई न्यूनीकरण गर्न मद्दत पुग्नेमा स्थानीयहरु आशावादी भएका छन । 

प्रहरीले सँधै पीडितहरुको पक्षमा न्याय सम्पादन गर्ने निकायको रुपमा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको थियो । प्रहरी जनताको साथी र दुःख सुखको सहारा हो भन्नेमा स्थानीय सँगको अन्तरक्रिया प्रभावकारी हुने स्थानीयको भनाइ छ ।