• २६ कात्तिक २०८२, बुधबार

टर्कीको सैन्य विमान जर्जिया–अजरबैजान सीमा नजिक दुर्घटना

blog

काठमाडौँ, कात्तिक २६ गते । टर्कीको वायुसेनाको सी १३० हर्कुलस सैन्य कार्गो विमान दुर्घटना भएको छ । जर्जिया–अजरबैजान सीमानजिकै विमान दुर्घटना भएको अलजजियाले जनाएको छ ।  

अलजजियाका अनुसार विमानमा उडान दलसहित २० जना सेना सवार थिए । मङ्गलबार भएको दुर्घटनामा कतिजनाको मृत्यु भयो भन्ने आधिकारिका पुष्टि हुन सकेको छैन ।