शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २६ गते । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । वामदेव गौतमको निवेदनपछि आयोगले सो पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा पार्टी खारेजको निवेदन दिनुभएको थियो ।
प्रवक्ता भट्टराईका अनुसार आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिनुभयो । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।