• २६ कात्तिक २०८२, बुधबार

फाल्गुनन्द लिङ्देनको एक सय एकचालिसौँँ जन्मजयन्ती : सहिष्णुता, एकता र सद्भाव अनुकरणीय

blog

इलाम नगरपालिका–९, भन्ज्याङमा निर्माण गरिएको फाल्गुुनन्दको स्मारक । तस्बिर : कोकिला ढकाल

रानी समाचारदाता

रानी (मोरङ), कात्तिक २६ गते  । कोशी प्रदेशका विभिन्न जिल्लामा किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औँ जन्मजयन्ती विविध कार्यव्रmम गरेर मनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरुका सत्य, अहिंसा र नारी सम्मानको शिक्षालाई प्रदेशको नीति र व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले महागुरु फाल्गुनन्दलाई श्रद्धा अर्पण गर्दै भन्नुभयो, “महागुरुको जीवनशैलीले सहिष्णुता, एकता र सद्भावको बाटो देखाएको ती मूल्यलाई प्रदेश सरकारको नीति र कार्यान्वयनमा उतार्नु हाम्रो लक्ष्य हुनु पर्छ ।”

उहाँका अनुसार फाल्गुनन्दले प्रचार गरेको सत्य बोल्ने, अहिंसा अपनाउने र नारीको सम्मान गर्ने सन्देश आजको समाजका लागि अझ सान्दर्भिक बनेको चर्चा गर्नुभयो । समाज सुधारमा बाल्यकालदेखि सव्रिmय रहनुभएका महागुरुको जीवन नेपाली समाजका लागि स्थायी प्रेरणा बनेको उहाँको भनाइ छ । 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सबै जात, भाषा र संस्कृतिको संरक्षणमा गम्भीर रहेको बताउनुभयो । उहाँले संविधान अनुसार प्रदेशका भाषालाई सरकारी प्रयोजनमा प्रयोगमा ल्याउने तयारीमा रहेको पनि जानकारी दिनुभयो । 

यसैबिच इलाम समाचारदाताका अनुसार मङ्गलबार इलाममा विभिन्न कार्यव्रmम गरी मनाइएको छ । महागुरु फाल्गुनन्दलाई समाज सुधारकका रूपमा लिइन्छ । फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते पाँचथरको सिलौती १० लिम्बुवान १७ थुमका अग्रजलाई भेला पारेर ‘सत्यधर्म मुचुल्का’ घोषणा गर्दै समाज सुधारको अभियान थाल्नुभएको इतिहास छ । सत्यधर्म मुचुल्कामा छोराछोरीलाई समान शिक्षा र अंश हक कायम गराउनुपर्ने; सुनौली, रूपौली र दाइजो प्रथा अन्त्य गर्नुपर्ने, छोरीहरू देवीमाता समान हुने भएकाले उनीहरूको बिहे गर्दा कुटुम्बबाट रीत लिनु पनि पाप हुने, छोरीलाई दाइजोको सट्टा शिक्षादीक्षा राम्ररी दिएर स्वावलम्बी बनाइदिनु उत्तम हुने जस्ता महìवपूर्ण सवाल समेटिएका थिए ।  

फाल्गुनन्दले २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ती भएर १३ वर्ष नोकरी गरी फर्केपछि पाँचथर, इलाम, पाँचथर, ताप्लेजुङ, भुटान र तेह्रथुमका विभिन्न स्थानमा माङ्हिम (मन्दिर) निर्माण गर्दै सांस्कृतिक अभियान थाल्नुभएको थियो । उहाँले नै किराँत धर्म हाङ साम्योको थालनी गर्नुभएको थियो ।

समाज सुधारक, प्रकृतिप्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन र सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउँदै शिक्षाको प्रादुर्भाव गर्न महागुरु फाल्गुनन्दको विशेष भूमिका रहेको पाइन्छ । बाबु जगुनवाज लिङ्देन र आमा हंसमती बेघा लिम्बूका साहिला छोराका रूपमा १९४२ साल कात्तिक २५ गते इलामको इभाङस्थित चुक्ची नाम्वामा जन्मिएका फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको २००५ चैत २२ गते निधन भएको थियो । कोशी प्रदेश सरकारले राष्ट्रिय विभूति फाल्गुुनन्दको जन्मजयन्तीका अवसरका सार्वजनिक बिदा दिएको थियो । 

ताप्लेजुङ समाचारदाताका अनुसार ताप्लेजुङमा पनि फाल्गुनन्द जयन्ती भव्य रूपमा मनाइएको छ । किराँतको धार्मिक संस्था, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङको आयोजनामा सदरमुकाम फुङलिङमा महागुरु लिङ्देनको जन्मजयन्ती मनाइएको हो । फुङलिङ बजारमा धार्मिक तथा शान्ति ¥यालीसहित विविध कार्यव्रmम गरी लिङ्देनको जन्मजयन्ती मनाइएको किराँत धर्म तथा साहित्य उत्थान सङ्घका जिल्ला अध्यक्ष कर्ण पालुङ्वाले जानकारी दिनुभयो । 

सोही अवसरमा सोमबारदेखि नै किराँत धर्मावलम्बीले बिहीबारे माङ्हिममा मौलिक संस्कृति अन्तर्गत गाली सराप बहन्ती, माङसावा सेवा, पूजापाठलगायतका गतिविधि गरेको किराँत धर्म तथा साहित्य उत्थान सङ्घले जनाएको छ । त्यस्तै फुङलिङ बजारको तोक्मेडाँडामा रहेको लिङ्देनको सालिकमा फूलमायालगायतले सजिसजावट गर्नुका साथै दीप प्रज्वलनको कार्य गरिएको सङ्घले जनाएको छ । सदरमुकामबाहेक जिल्लाका विभिन्न ठाउँमा रहेका किराँत माङ्हिम (मन्दिर) र महागुरु लिङ्देनको सालिक राखिएका ठाउँमा पनि जन्मजयन्ती विशेष कार्यव्रmम तथा किराँत संस्कृतिका गतिविधि गरिएको बताइएको छ ।