• ६ जेठ २०८१, आइतबार

नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २० गते । प्रतिनिधिसभा बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

सोमबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सो प्रस्ताव पारितका लागि प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते बुधबार बिहान ११ बजे बस्नेछ ।