शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                राधा लुइटेल
फिदिम, कार्तिक १४ गते। न्यूनचापीय प्रणाली मोन्था चक्रवातको प्रभावका कारण भइरहेको वर्षाले पहाडी जिल्ला पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका छन्।
मध्य पहाडी, मेची र तमोर करिडोरसँगै फिदिम फालौट सडकखण्ड बाढी र पहिरोका कारण ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिष कर्णले जानकारी दिनुभयो।
उहाँका अनुसार मध्य पहाडी राजमार्गको याङ्वरक–३, फिदिम फालौटखण्डको फिदिम–११ र १ को मध्यभागमा रहेको फेमेखोला, तमोर करिडोरको धनकुटा पाँचथरलाई जोड्ने नावा खोलाखण्ड शुक्रबार बिहानैदेखि अवरुद्ध भएका हुन्।
.jpg) 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                