शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                भिएन्ना (अष्ट्रिया), कात्तिक १४ गते । कुनै पनि देशले गरेको कुनै पनि विस्फोटक आणविक हतियारको परीक्षणको विश्वव्यापी प्रयास अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हानिकारक र अस्थिर हुने आणविक-परीक्षण-प्रतिबन्ध सन्धि सङ्गठनका कार्यकारी सचिव रोबर्ट फ्लोइडले बताउनुभएको छ ।
“आणविक हतियार परीक्षणको बारेमा चलिरहेका बहसतिर ध्यान आकर्षित गर्दै विज्ञप्ति जारी गरी उहाँले यस्तो बताउनुभएको हो । फ्लोइडले वर्तमान अवस्थामा विश्वका नेतालाई आणविक-परीक्षण-प्रतिबन्ध सन्धि (सीटीबीटी) र आणविक हतियार परीक्षणबाट मुक्त संसारको पक्षमा काम गर्ने अवसर अझै बाँकी रहेको उहाँले बताउनुभएको छ । संस्थाको अनुगमन प्रणाली परीक्षण पत्ता लगाउन र सीटीबीटी हस्ताक्षर कर्ता राज्यलाई तथ्याङ्क प्रदान गर्न तयार रहेको उहाँले बताउनुभएको छ । रासस/सिन्ह्वा
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                