• २ कात्तिक २०८२, आइतबार

गोरखामा २० केजी पटका बरामद

blog

गोरखा बजारमा बरामद गरिएको पटका । तस्बिर : जिल्ला प्रहरी कार्यालय गोरखा

गुणबहादुर रोका 
सुलीकोट, कात्तिक २ गते ।
गोरखा सदरमुकामबाट प्रहरीले २० केजी पटकाजन्य पदार्थ बरामद गरेको छ । सदरमुकामको विभिन्न स्थानमा चेकजाँच तथा खानतालसी गर्ने क्रममा शनिबार बेलुका सो परिणामाको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले तिहारको अवसर पारेर पटका बिक्री नगर्न, नगराउन र प्रयोग नगर्न यस अघि पनि प्रहरीले पटक पटक सूचना जारी गर्दा समेत पटक गोरखामा भित्रिएको सूचना थाहा पाएपछि चेकजाँच र खानतालसी गर्दा ठुलो परिणाममा पटका बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

गोरखा जिल्लामा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले पटक बिक्री र पटकाउने कार्य भइरहेमा खानतलासी राख्ने काम निरन्तर भइरहने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पटक पडाकाउने वा बिक्री गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।