• १३ साउन २०८१, आइतबार

झापामा सर्पदंशका बिरामी बढे

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार १७ गते । झापाको दमक र आसपासको क्षेत्रमा सर्पको डसाइका बिरामीहरु बढेका छन् । दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश उपचार सेवामा दुई साता यता शुक्रबार अपरान्हसम्म ६० जनाले उपचार लिएका छन् ।

बर्षात् भएर पानी रोकिएपछि सर्प डसाइका बिरामीहरु बढ्ने र उपचारका लागि आउनेगरेको रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकीले बताउनुभयो । झापाको दमकसहित पुर्वी नेपालका विभिन्न जिल्लाबाट यहाँ उपचारका लागि आउनेगरेका छन् ।

यहाँ समयमा उपचारका लागि आएपछि निको भएर फर्कने सम्भवाना नै अति धेरै भएकाले सकेसम्म उपचारका लागि बिरामीहरु आउनेगरेको सभापति बुढाथोकीले बताउनुभयो । झापामा पाइने विभिन्न प्रजातिका सर्पमध्ये गोमन र करेत बढी विषालु छन् । यी  सर्पले डसेको जतिसक्दो छिटो उपचारको पहुँचमा पुग्न नसके बिरामीको मृत्यु हुने रेडक्रस दमकका पूर्व सभापति लिला गुरागाँईले बताउनुभयो ।

दमकमा सर्पको विषयमा अध्ययन गर्न र सर्पबारे बुझ्न रेडक्रसले सर्प सङ्ग्रहालय पनि बनाएको छ । रेडक्रसका अनुसार सङ्ग्रहालयमा ४२ प्रजातिका ७८ मृत सर्प राखिएका छन् ।