• २७ असोज २०८२, सोमबार

ढोरपाटन कप ब्याडमिन्टन भुजेल र विकको पोल्टामा

blog

प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गरिदै । तस्बिर : गोरखापत्र

रामकृष्ण बोहरा

बागलुङ, असोज २७ गते । लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बुर्तिबाङमा आयोजित प्रथम ढोरपाटन लायन्स ब्याडमिन्टन कप–२०८२ सम्पन्न भएको छ । 

ढोरपाटन लायन्स क्लबको आयोजनामा पहिलो पटक बुर्तिबाङमा आयोजित राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगितामा ‘बी’ लेभलमा ३८ टिम र ‘सी’ लेभलमा ३२ टिमको सहभागिता थियो ।

‘बी’ लेभलतर्फ तनहुँका सफल भुजेल र स्याङ्जाका सुन्दर विकले प्रथम स्थान हासिल गर्नुभएको छ । चितवनका विधान गुरुङ र स्याङ्जाका चिना गुरुङ द्धितीय  र रुकुमका मदन खड्का र बसन्त पाण्डे, तनहुँका सरोज गुरुङ र बिपिन घले तृतीय हुनुभयो । 

‘बी’ लेभलतर्फ प्रथम समूहलाई ५० हजार, दोस्रोलाई ३० हजार र तृतीय हुनेलाई १०/१० हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्रले प्रदान गरिएको थियो । 

त्यसैगरी ‘सी’ लेभलतर्फ जैमिनीका भुवन थापा र हिमाल श्रीस प्रथम, गलकोटका जीवन साहनी र मिलन खत्री द्धितीय तथा बडिगाडका रेशम थापा, सुमन घर्ती, जैमिनीका प्रदिप सापकोटा र राजेन्द्र थापा तृतीय हुनुभयो । 

‘सी’ लेभलतर्फ प्रथम हुने समूहलाई नगद ३० हजार, दोस्रोलाई २० हजार र तृतीय हुने प्रत्येक दुई समूहलाई ७५ सय रुपियाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बुर्तिबाङमा आयोजित कोजाग्रत पूर्णिमा मेलाकै अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो ।