काठमाडौँ, असोज ९ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार नविनलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि दुई महिनादेखि महिला टोलीको प्रशिक्षक पद खाली थियो । नविनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गर्नुभयो ।
नविनले नेपाली टोलीको विभिन्न उमेर समूह र क्लबको प्रशिक्षण गर्नुभएको छ । उहाँले भर्खर मात्र उज्वेकिस्तानमा सम्पन्न एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा नेपाली युवा टोलीको प्रशिक्षण गर्नुभएको थियो ।
यस्तै एन्फाले महिला टोलीको सहायक प्रशिक्षकमा भगवती थापा र राजकुमार केसीलाई नियुक्त गरेको छ । टोलीको ब्यवस्थापकमा विन्द्रा देवान र फिजियोमा शिला गिरीलाई निरन्तरता दिएको छ । किट म्यानेटरको जिम्मेवारी विकास गुरुङलाई दिएको छ ।