• ९ असोज २०८२, बिहिबार

प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

blog

प्रधानमन्त्री सुशीला कार्की । फाइल तस्बिर

 काठमाडौँ, असोज ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले  आज बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय भएको छ । 

‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो ।  २०८२  भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । 

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । 

प्रधानमन्त्रीको सम्बोधनको समाचार स‌ङ्कलन तथा छाया‌ङ्कनका लागि प्रवेश गर्न सूचना तथा प्रसारण विभागबाट जारी गरिएको प्रेस पास अनिवार्य गरिएको छ ।

उहाँको नेतृत्वमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार भई मन्त्रिमण्डललाई वर्तमान सरकारको प्राथमिक कार्यभार छ महिना अर्थात् फागुन २१ गने निर्वाचन सम्पन्न गर्ने छ ।